थप दुई जनामा देखियो कोरोना पोजेटिभ, नेपालमा संक्रमितको संख्या २४५ पुग्यो

meropati

काठमाडौं, १ जेठ । नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा आज विहिवार थप दुई जनामा कोरोना (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज संक्रमण देखिनेमा चन्द्रागिरि नगरपालिका काठमान्डौं र कपिलबस्तुका छन् ।

पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।



बिहीबार पनि चन्द्रागिरिकै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि राजधानी काठमाडौंमा कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या ६ पुगेको छ ।

बुधबार एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: