नवलपरासी पूर्वमा भेटिए एक जना कोरोना संक्रमितः नेपालमा संक्रमितकाे संख्या २४६ पुग्यो

meropati

काठमाडौं, १ जेठ । नवलपरासी पूर्वमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ । यसअघि मन्त्रालयले संक्रमितको संख्या २ सय ५० पुगेको बताए पनि पछि सच्याएको थियो । हाल सम्म नेपालमा संक्रमितकाे संख्या २४६ पुगेकाे हो भने ३५ जना निकाे भएर घर फर्किसकेका छन् ।



 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: