पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्चको आदेश

meropati

काठमाडौं, १ जेठ  । सर्वोच्च अदालतले सरकारलाई पीसीआर परीक्षणको दायरा बढाउन आदेश दिएको छ ।  बिहीबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशले पीसीआरको दायरा बढाउन आदेश गरेको हो ।

“हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नुपर्ने अवस्था रहेकाले तत्काल पीसीआरको परीक्षणको दायरा बढाउनेतर्फ र सोको अभाव नहुनेतर्फ आवश्यक पहल गर्नू भनी,” सरकारको नाममा अन्तरिम आदेश जारी गरिएको हो ।



अधिवक्ता कमलबहादुर खत्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।  सो रिटमा अधिवक्ता सन्तोष भण्डारी, लक्ष्मी नानी थापा, सुजन नेपाल, नवराज पाण्डेलगायतले बहस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: