जिल्ला प्रशासनबाट जारी सबै पास खारेजः अब जिल्ला भित्र समेत पासले हिड्न नपाइने

meropati

काठमाडौँ, १ जेठ । ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास गृह मन्त्रालयले खारेज गरेको छ । जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धीत जिल्ला भित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले बताए ।

अबदेखि लिइने पासहरु गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने उनले बताए । प्रेसको हकमा सूचना विभागबाट जारी पासबाट आवगमन दिइने उनको भनाई छ ।



पछिल्लो समय देशभर कोरोना संक्रमित थपिँदै जाँदा संक्रमण रोकथाममा नै चुनौति थपिएको बेला गृहले यो निर्णय गरेको हो । हालसम्म देशभर २४६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

गृह मन्त्रालयले यसअघि जिल्ला प्रशासन कार्यालयले जारी गरेका सबै पास खारेज गर्ने निर्णय गरेको छ । शनिबार (जेठ ३) गतेदेखि लागू हुनेगरी मन्त्रालयले जिल्लाभित्र सवारी साधन सञ्चालनका लागि दिइएका सबै पास खारेज गर्ने निर्णय गरेको मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले जानकारी दिए ।

‘यसअघि आजबाट लागू हुनेगरी एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशका लागि सवारी साधनलाई दिइएको पास खारेज गरिएको थियो’, सूचना अधिकारीसमेत रहेका उपसचिव अधिकारीले भने, ‘आज जिल्लाभित्र सवारी सञ्चालनका लागि जिल्ला प्रशासनले दिइएका सवारी पाससमेत खारेज गर्ने निर्णय भएको छ ।’

यसअघि कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिदै गएपछि गृहमन्त्रालयले आवतजावतमा कडाई गर्ने निर्णय गर्दै जेठ १ गतेदेखि एक जिल्लादेखि अर्को जिल्लामा अनुमति दिइएका इपास र अन्य पास रद्द गर्ने निर्णय गरेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: