गुल्मी धुर्कोटमा विष सेवनबाट एक बालकको मृत्यु

meropati

गुल्मी, १ जेठ। विष सेवन गर्दा धुर्कोट गाउँपालिकामा आज एक बालकको मृत्यु भएको छ ।  धुर्कोट – ४ जैसीथोकका चार वर्षीय प्रशान्त पोख्रेलको दिउँसो विष सेवनवाट ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

 बाहिर काममा गएका समयमा हजुरआमासँगै घरमा बसेका उनले घर बाहिर खेल्दै जाने क्रममा भाँडा माझ्ने ठाउँमा जुम्रा मार्नका लागि राखिएको विष खाएको प्रहरी निरीक्षक रावलले बताए ।



 विष सेवनवाट बेहोश बालकको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: