थपिए तिन जना कोरोना संक्रमितः नेपालमा कोरोना संक्रमितकाे संख्या २४९ पुग्यो

meropati

काठमाडौं, १ जेठ । थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: