कोरोना हटस्पट प्रदेश ५ मा संक्रमित संख्या १०० कट्यो

meropati

काठमाडौं, २ जेठ । शुक्रवार स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा बाँके र मकवानपुरमा गरी थप ९ जनामा संक्रमण देखिएसँगै नेपालभर संक्रमितको संख्या २ सय ५८ पुगेको छ।

सातवटा प्रदेशमध्ये भाइरसबाट प्रदेश २ र ५ सबैभन्दा प्रभावित बनेका छन्। शुक्रवार बिहानसम्मको तथ्यांक अनुसार प्रदेश ५ मा संक्रमितको संख्या एक सय नाघेको छ।



लकडाउनको ५३ औं दिनसम्म आइपुग्दा मुलुकको सबैभन्दा हट स्पटका रुपमा प्रदेश ५ देखिएको छ। यस प्रदेशमा हालसम्म संक्रमितको संख्या १ सय २ पुगेको छ।

प्रदेश भित्र पनि सबैभन्दा बढी संक्रमित कपिलवस्तु जिल्लामा रहेका छन्। त्यहाँ ३९ जना संक्रमित छन्। शुक्रवार बाँकेमा थप ८ जनामा संक्रमण देखिँदा यस जिल्लामा संक्रमितको संख्या ३३ पुगेको छ।

यस्तै, रुपन्देहीमा २८, नवलपरासी पश्चिममा १ र बर्दियामा १ जनामा संक्रमण देखिएको छ। यस प्रदेशमा संक्रमितमध्ये एक जनामात्र संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।

यहाँ भारतबाट आउने खुल्ला सिमाना रहेकाले पनि अझैं संक्रमित थपिने निश्चयप्राय छ । तयारीका हिसावले भन्नेहो भने प्रदेश ५ ले हिज विहिवारमात्रै २०० क्षमताकाे वेड थप्ने निर्णय गरेकाे छ । संक्रमित थपिए पनि सिकिस्त विरामी भने कोही नभएकाे मन्त्रालयले बताएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: