पाल्पा जिल्ला पनि सिलः अब के गर्न पाइने के नपाइने ?

meropati

पाल्पा, २ जेठ । पाल्पा जिल्ला समेत भोली सनिवार विहान देखी सिल गरिने भएकाे छ । जिल्लामा कोभिड १९ ब्याबस्थापन समितिले पाल्पा जिल्ला समेत जोखीमकाे उच्च तहमा रहेकाे निश्कर्ष निकाल्दै यहि जेठ ५ गते राती १२ बजे सम्मका लागी सिल गर्ने निर्णय गरेकाे हो ।

पाल्पा संग जोडिएका छिमेकी जिल्ला सहित देशभरी केहीदिन यता कोरोना संक्रमितकाे संख्या बढेसंगैं पाल्पामा समेत जोखिम भएकाे भन्दै  पाल्पामा संक्रमण रोकथामको लागि जिल्ला नै सिल गर्ने निर्णय भएको हो ।



तर जिल्ला सिल नै गरिएता पनि अत्यावश्यक सामानहरु औषधी एम्बुलेन्स लगायतका गाडी बाहेक कुनै पनि सवारी साधन संचालन नगर्ने साथै वित्तिय क्षेत्रहरु उद्योगहरु समेत संचालन गर्न पाइने छैन ।

भोलीदेखी लागुहुने गरि यस अगाडीनै गृह मन्त्रालयले समेत सबै खालका पासहरु जिल्ला भित्रका समेत खारेज गरिसेकेकाे छ । सिल गरिएकाे अबस्थामा भने मानिसहरु लाई कुनै पनि बाटो प्रयोग गरि जिल्ला भित्रन नपाइने भएकाे हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: