कपिलबस्तु चन्द्रौटाका ३ जनामा भेटियो कोरोनाः नेपालमा संक्रमितकाे संख्या २७६ पुग्यो

meropati

काठमाडौं, ३ जेठ । कपिलबस्तुमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् ।



संक्रमण देखिनेमा कपिलबस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुष रहेका छन् । उनीहरुको स्वास्थ्य सामान्य रहेको छ ।  यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: