थपिए २ जना कोरोना पोजेटिभ पुरुषः नेपालमा संक्रमितकाे संख्या २७८ पुग्यो

meropati

काठमाडौं, ३ जेठ ।थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण २ जना पुरुषहरुमा देखिएकाे हो । आज संक्रमण देखिनेमा महोत्तरीका १ पुरुष  र काभ्रेका १ पुरुष हुन् ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप दुई जनामा कोरोना संक्रमण देखिएको बताए । उनले महोत्तरीका ५२ वर्षका पुरुष र काभ्रेका २६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको बताए ।



संक्रमितको संख्या २७८ पुगेको छ । यसमध्ये ३६ जना निको भएर घर फकिएका छन् । .उनिहरुकाे स्वास्थ्य अबस्था सामान्य छ । गत २४ घण्टामा कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट २ हजार ५७९ जनाको नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: