नेपाली सेनामा कार्यरत दुई जनामा कोरोना संक्रमण पुष्टि

meropati

काठमाण्डाै, ३ जेठ ।  नेपाली सेनाका दुई जना सदस्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

शनिबार काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।



उनीहरु दुवै जना नेपाली सेनाको मध्यपूर्वी पृतना मुख्यालय धनुषामा कार्यरत थिए । दुवै जनामा कोरोना पुष्टि भएको खबर आएको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

‘कोरोना पुष्टि भएका दुई जना हाम्रै सङ्ठगनका भएको पुष्टि भएको छ, उनीहरु दुवै जनालाई सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा ल्याइँदैछ’, प्रवक्ता पाण्डेले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: