धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शव सुरक्षा निकायले दाह संस्कार गर्ने

meropati

काठमाडौं, ३ जेठ । धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको सुरक्षा निकायले दाह संस्कार गर्ने भएको छ । काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शव काठमाडौं ल्याइँदैछ । नेपाली सेनाले स्कर्टिङ गरेर चिकित्सकको टोलीले ती महिलाको शवलाई काठमाडौं ल्याउँदैछन् ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले दिएको जानकारीअनुसार भक्तपुरबाट शवबाहन बोलाएर चिकित्सक, मृतक महिलाका श्रीमानलाई काठमाडौं पठाइएको छ । आर्यघाटमा उनको विद्युतीय शवदाहगृहमा दाहसंस्कार गरिने तयारी छ ।



कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: