थप तिन जनामा कोरोना संक्रमण पुष्टि संक्रमितकाे संख्या २९५ पुग्यो

meropati

काठमान्डौं, ४ जेठ । विपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तिन जनाकाे कोरोना पोजेटिभ आएकाे छ । पोजेटिभ हुनेमा एक जना स्वास्थ्यकर्मी समेत छन् । यो संगै नेपालमा कोरोना संक्रमितकाे संख्या २९५ पुगेकाे छ । प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको हो । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार विराटनगरका २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको हो । यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ ।



योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् । शनिवार र आइतवार गरेर नेपालमा कोरोनाकै कारण २ जनाकाे ज्यान समेत गएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: