कोरोनाने ज्यान गुमाएकी सुत्केरीका शिशु र अन्य ४ आफन्तमा संक्रमण देखिएन

meropati

काठमाडौं, ५ जेठ । कोरोनाका कारण नेपालमा ज्यान गुमाउने पहिलो व्यक्ति परिवारका पाँच सदस्यहरुका नमूना परीक्षण गर्दा कोरोना संक्रमण नरहेको देखिएको छ।

धुलिखेल अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा १३ दिनको शिशुसहित मृतक महिलाका श्रीमान, आमा, बहिनी र भाइ समेत पाँचै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको



अस्पतालका प्रवक्ता डाक्टर सुमनराज ताम्राकारले नेपालखबरलाइ जानकारी दिए।

कोरोना भाइरसका कारण सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिलाको गत बिहीबार मृत्यु भएको थियाे। संसारभर फैलिएको यो नयाँ भाइरसका कारण नेपालमा ज्यान गुमाउने उनी पहिलो नेपाली हुन्।

उनकाे मृत्यु काेराेनाकै कारण भएकाे पुष्टि भएपछि उनका शिशु र परिवारका सद्स्यहरुकाे काेराेना परीक्षण गरिएकाे हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: