मोरङ रतुवामाईका युवामा पनि कोरोनाः संक्रमित ३०५ पुगे

meropati

काठमाडौं, ५ जेठ ।  पुन नेपालमा मोरङ रतुवामाईका एक युवामा कोरोना संक्रमण पुष्टी भएकाे छ । हालकाे अद्याबधिक तथ्याङ्क अनुसार नेपालमा संक्रमितको संख्या ३०५ पुगेकाे हो ।

रौतहट र बारामा मात्रै सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका थिए ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६, र ९ नम्बर वडाका निवासी २१, २१, २३, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै बाराको करैयामाई ५ का ३८ वर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: