गुल्मिका सहित आज मात्रै थपिए ६२ जना कोरोना संक्रमितः कुल संक्रमितकाे संख्या ३५७ पुग्यो

meropati

काठमाडौं, ५ जेठ ।  आज मात्रै बाँकेका ५७ जना सहित ६२ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले  थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।



सोमबार बिहान पनि ९ जनामा कोरोना संक्तमण पुष्टि भएको थियो । बिहान संक्रमण पुष्टि भएका रौतहट र बारा जिल्लाका हुन् । यो संगैं आज मात्र संक्रमितको संख्या ६२ जना छ ।

यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा एक जना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुष र धुलीखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेका संक्रमितमा ४६ जना पुरुष र एक महिला छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: