गुल्मीका कोरोना संक्रमित मणिग्राममा उपचाररत छन्ः अस्पताल शिल गरियो

meropati

बुटवल, ५ जेठ । गुल्मीका कोरोना भाइरस (कोभिड–१९) का संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत रहेको पाइएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुल्मीका एक पुरुषमा कारोना संक्रमण पुष्टि भएको बताएको थियो ।

अहिले मणिग्राममा रहेको क्रिमशन अस्पताल समेत शिल गरिएकाे छ । अस्पतालको आइसियूमा उपचार गरिरहेका बिरामीको पिसिआर परिक्षणमा पोजेटिभ देखिएपछि अस्पताल शिल गरिएको हो ।



‘गुल्मीका कोरोना संक्रमित हाम्रो अस्पतालमा उपचाररत व्यक्ति हुन् । कहिले भर्ना भएका थिए र के स्वास्थ्य समस्या थियो भन्ने विस्तृत विवरण रेकर्ड हेरेर मात्र भन्न सकिन्छ’ अस्पतालका सूचना अधिकारी चन्द्रकान्त बस्यालले बताए ।

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनले जाानकारी दिए । निमोनियासँग मिल्दोजुल्दो लक्षण देखिएका उनी जेठ १ गते भर्ना भएका र उनको अवस्था जटिल रहेको बस्यालले  बताए ।

गुल्मीका संक्रमित व्यक्ति मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका हुन् । उनी केही दिनअघि मात्र निमोनियाको समस्या देखिएपछि उपचारका लागि बुटवल गएका गाउँपालिका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए ।

‘घरबाटै कति ननिस्कने र शिक्षण पेशामा रहेका उहाँमा कसरी कोरोना लाग्यो, हामी अचम्ममा परेका छौं’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: