अतिक्रमित भूमि समेटिएको लिम्पियाधुरासहितको नेपालको नक्सा पारित

meropati

काठमाडौं, ५ जेठ । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्‍ले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ । आइतबारको मन्त्रिपरिषद्‍मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो नक्सा प्रस्तुत गरेकी थिइन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: