गुल्मीका कोरोना संक्रमितको आइसियू कक्षमा उपचार हुदै , भ्रामक समाचारप्रती अस्पतालकाे आपत्ती

meropati

बुटवल, ६ जेठ । कोरोना पुष्टि भएका गुल्मीका पुरुषको गम्भीर अबस्थामा उपचार भइरहेको अस्पतालले बताएकाे छ । रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा गुल्मी मदाने ६ पुर्कोटका ४१ बर्षिय पुरुषको भेण्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले विज्ञप्ती जारी गरेर जनाएकाे हो ।

विरामी आइसियुमा भएकाले सोही ठाँउमा उपचार गर्नेकि भैरहवा भिम अस्पताल लैजाने भन्ने बारेमा सामाजिक विकास म्नत्रालयले निर्णय गर्ने बताइएकाे छ ।



 हाल सोही अस्पतालमा ३६ जना बिरामी उपचार गराइरहेका र कोरोना देखिएपछि अस्पताललाई सिल गरिएको छ ।

जण्डिसका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उनी उपचारको लागि बुटवल आइ जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका थिए ।

भैरहवाको प्रयोगशालामा परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ देखिएको हो । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीका अनुसार उनको स्वाब तीन दिनअघि संकलन गरिएको थियो ।

यता अस्पतालले विभिन्न संचारमाध्यममा गलत र भ्रामक समाचार आएकाे प्रति खण्डन गरेकाे छ । हाल विरामीकाे उपचारभइरहेकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: