कपिलवस्तुमा भेटिए थप चार संक्रमित संक्रमिकाे संख्या ३७९ पुग्यो

meropati

काठमाडौं, ६ जेठ । कपिलवस्तुको मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले पुष्टी गरेका छन् ।



१४ दिन अगाडी भारतबाट फर्किएका उनिहरु मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका मध्येका हुन् ।

क्वारेन्टाइनमा बसेकाहरुमा आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएपछि भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गरिएको प्रजिअ पौडेलले जानकारी दिए । क्वारेन्टाइनमा रहेका १६ जनामध्ये ४ जनामा पोजेटिभ देखिएको हो ।

यो संगैं नेपालमा संक्रमित हुनेकाे संख्या ३७९ पुगेकाे छ भने २ जनाकाे मृत्यु समेत भइसकेकाे छ । साथै नेपालका सबै तराईका जिल्लाहरु संक्रमित भइसकेका छन् । सबै सातवटै प्रदेशमा कोरोना देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: