नेपालमा संक्रमितकाे संख्या ४०२ पुग्याेः आज थपिए २७ जना संक्रमित

meropati

काठमाडाैं, ६ जेठ । आज (मंगलबार) पनि नेपालमा थप २७ जनामा काराेना पुष्टि भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमित संख्या ४०२ पुगेकाे छ । मंगलबार थपिएका ४ जना कपिलवस्तुका छन् भने प्रदेश १ मा ११ जना रहेका छन् ।

यसैबीच झापाका ६२ वर्षीय कोरोना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित भएर निको हुनेको संख्या ३७ पुगेको छ । । कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवकको मृत्यु भएकाे छ ।



हिजो (सोमबार) एकैदिन ८० जनामा कोरोना पुष्टि भएकाे थियाे । आइतबार पनि नेपालमा १४ जना नयाँ संक्रमित थपिएका थिए । हालसम्म नेपालका ७७ जिल्लामध्ये ३२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन् । बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ९४ पुगको छ । त्यस्तै बाँकेपछि पर्सामा ९१ जना कोरोना संक्रमित फेला परेका छन् । चैत ११ गते देखि देश नै ‘लकडाउन’मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: