नेपालमा पहिलोपटक डाक्टरलाई कोरोनाको संक्रमण देखियो

meropati

काठमाडौं, ६ जेठ । ललितपुरमा पहिलोपटक कोरोनाको संक्रमण देखिएका व्यक्ति चिकित्सक भएको बुझिएको छ । उनी कोभिड-१९ का संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न थिए । मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस मिटमा आज काठमाडौंमा ३, ललितपुरमा १ र भक्तपुरमा एक गरि देशभरि २७ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । काठमाडौंका तीन जना संक्रमितहरु भने तार्केश्वर, गोकर्णेश्वर र कालिमाटी क्षेत्रका भएको स्रोतको भनाई छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: