कपिलवस्तुमा १२ जना र रुपन्देहीमा थपिए १ जना कोरोना संक्रमित

meropati

काठमाडौं, ७ जेठ । कपिलवस्तुमा बुधबार थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । जन स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाकाअनुसार आज बुधबार बिहान भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १२ जनामा कोरोना पाेजेटिभ देखिएकाे हाे ।

थप पुष्टि भएकामा कपिलवस्तुकाे महराजगंज नगरपालिकाका ९ जना र बिजयनगर गाउँपालिकाका ३ रहेका छन् । यद्यपि स्वास्थ्य मन्त्रालयको यसबारे अपडेट आउन बाँकी छ ।



बुधबार थप १२ जनामा कोरोना देखिएसँगै जिल्लामा संक्रमितको संख्या ५९ पुगेको छ ।

भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्‍ति हुन् ।

रुपन्देहीको बेलहिया नाकाबाट प्रदेश सरकारकै समन्वयमा आएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण देखिएको स्रोतको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: