विरामीकाे मृत्यु भएकाे छैन, विरामी स्थिर अवस्थामै छन्ः अस्पताल

meropati

बुटवल, ७ जेठ । रुपन्देहीस्थित मणिग्राममा रहेको क्रिमसन अस्पतालमा रहेका कोरोना पोजेटिभ विरामीको उपचार जारी रहेको अस्पतालले जनाएको छ । एकाध सञ्चारमाध्यममा मृत्युको खवर आए पनि त्यो सत्य नभएको अस्पतालले जनाएको हो ।

गुल्मी मदानेका ती संक्रमित अहिले भेन्टिलेटरमा उपचाररत रहेका छन् । उनको फोक्सोमा समस्या रहेकाले कृतिम श्वासप्रश्वास दिइएको छ । ‘विहान केही जटिलता देखिएको थियो, अहिले सामान्य सुधार छ, अस्पतालले विज्ञप्ती निकालेर जानकारी गराएकाे छ ।



विरामी जेठ १ गते अस्पतालमा उपचारका लागि आएका थिए । कोरोना पोजेटिभ नजिता आउदा उनी आइसियुमै रहेका थिए । पोजेटिभ नतिजा आउदा जस्तो अवस्था थियो त्यस्तै रहेको अस्पताले जनाएको छ ।

यस अगाडी प्रकाशित समाचारहरुमा गलत समाचार हरु विभिन्न ब्यक्तिहरुकाे र समाचार माध्यमहरुकाे स्रोतकाे आधारमा राखिएकाे र उक्त समाचार गलत भएकाे प्रति यहाँहरुमा पर्न गएकाे गतल सुचनामा हामी क्षमा माग्दछौ । सम्पादक

क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितकाे मृत्यु

गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्युः नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: