थपिए कोरोना संक्रमितः नेपालमा संक्रमितकाे संख्या ४५३ पुग्यो

meropati

काठमाडौं, ८ जेठ । नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ५३ पुगेको छ ।

पछिल्लो पटक झापामा ८ र रुपन्देहीमा एकजना संक्रमित थपिएका छन् । यसअघि विहान १७ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । उनीहरु झापा, धनकुटा र सुनसरीका हुन् ।



योसँगै आज कोरोना संक्रमित एकजनाको मृत्यु हुनुको साथै संक्रमित संख्या २६ पुगेको छ । संक्रमितमध्ये एक जना महिला छिन् बाँकी २५ जना पुरुष हुन् । आजै टेकु अस्पतालमा उपचाररत ४ जना निकाे भएर घर फर्किएका छन् । यो संगैं नेपालमा निकाे हुनेकाे संख्या ४९ पुगेकाे छ ।

साथै कोरोनाकै कारण ३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा सिन्धुपाल्चोककी २९ वर्षिया सुत्केरी महिला, बाँकेका २५ बर्षका युवा र गुल्मीका ४१ वर्षका पुरुष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: