कोरोनाका कारण मृत्यु भएका गुल्मिका पुरुषकाे शब २६ घण्टा वित्दा समेत उठेन

meropati

काठमाडौं, ९ जेठ ।  बिहीबार कोरोनाभाइरसको संक्रमणबाट गुल्मीका ४१ वर्षीय शिक्षकको शव २६ घन्टा बित्दा पनि उठेको छैन।    तिलोत्तमाको मणिग्रामस्थित क्रिमसन अस्पतालमा मृत्यु भएका उनका आफन्तले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै शव नउठाउने बताएका छन्।

मृतकका भाइले अस्पतालको लापरबाहीको कारण दाजुको मृत्यु भएको भन्दै छानबिन नहुँदासम्म अस्पतालबाट शव नउठाउने बताएका छन्।



जेठ १ गते जन्डिस, ज्वरो र रुघाखोकी देखिएपछि गुल्मीको मदाने गाउँपालिका-६ पुर्कोट दहबाट उपचारको लागि उनी अस्पताल आएका थिए।

गुल्मीको स्थानीय मेडिकल हल, स्वास्थ्य चौकी, अर्घाखाँचीको सन्धिखर्कस्थित छाँया पोलिक्लिनिक हुँदै क्रिमसन अस्पतालमा आएका उनलाई जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसअघि अस्पताल आएको भोलिपल्ट परीक्षणको लागि भन्दै अस्पतालले ढाडबाट पानी निकालेपछि बिरामी अचेत भएको र भेन्टिलेटरमा राखिएको बिरामीका आफन्तले बताएका छन्।

‘त्यो दिन बिहानसम्म दाइ राम्रो हुनुहुन्थ्यो, पाउरोटी र दुध खानुभयो, बोलिचाली राम्रै थियो तर परीक्षणका लागि भन्दै ढाडबाट पानी निकालेपछि अचेत भएर भेन्टिलेटरमा राखिएको हो,’ मृतकका भाइले बताए ।

उनले बिरामीको ढाडबाट पानी निकालेर के परीक्षण गरिएको हो भन्नेसमेत अस्पतालले जानकारी नदिएको आरोप लगाए।

यस अगाडि पाल्पाका एक विरामीको कोरोना विशेष अस्पतालमा मृत्यु भएकाे थियो भने उनकाे कोरोना रिपोर्ट नेगेटिभ आएकाे थियो । उनकाे कोरोना नेगेटिभ देखिएपनि शब भने ११ दिन पछाडी मात्र उठेकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: