पाल्पा, १० जेठ । पाल्पाका कांग्रेस नेता चकोरमान शाक्यको शनिबार निधन भएको छ । तानसेन नगरपालिका–३, टक्सार निवासी शाक्यको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो ।
उनि पाल्पा तानसेन टक्सार टोल निवासी महेन्द्र वोधि माध्यमिक विद्यालयका पूर्व अध्यक्ष, ज्ञानमाला सभा महाचैत्य विहारका प्रमुख सल्लाहकार, पाल्पाको समाजिक र राजनीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व हुन् । आज बिहान उपचारको क्रममा काठमाडौंमा ७८ वर्षको उमेरमा निधन भएकाे परिवारले जनाएकाे छ ।
पछिल्लो समय उनि काठमाडौमा क्यान्सरको उपचार गराइरहेका थिए । उनको पार्थिव शरीरलाई शनिबार बेलुकीसम्म तानसेन ल्याउने र आइतबार शोक सभा गरिने भएकाे छ ।
शाक्य झण्डै तीन दशक नेपाली कांग्रेस नगर समितिको सभापति थिए । उनी पछिल्लाे समय कांग्रेसका सललाहकार थिए । शाक्य प्रजातन्त्र सेनानी पूर्णमान शाक्यका छोरा हुन् ।
प्रतिकृया दिनुहोस