नेपालमा समेत तिव्र बढ्दै संक्रमितः सक्रमितकाे संख्या ५८४ पुग्यो

meropati

काठमाडौं, १० जेठ । शनिबार दिउँसो थप ३६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार दिउँसो थप ३६ जनामा कोरोना पुष्टि भएको हो । शनिबार बिहान मात्र ३२ जनामा कोरोना पोजिटिभ पुष्टि भएको थियो ।

संक्रमण पुष्टि हुनेमा  सेती अस्पतालको प्रयोगशालामा बैतडी, शिवनाथ गाउँपालिका चारजना छन्। आरडीटी पोजिटिभ भेटिएका २० वर्षका दुई, २२ एक र २७ वर्षीय एक पुरुषको पीसीआर रिपोर्टसमेत पोजिटिभ आएको हो। त्यसैगरी कोसी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराएका झापाको डिल्लीराम मावि क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको छ।



सँगै राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेको नरैनापुर मदरसाका ६ जना १७ देखि ३२ वर्षका पुरुषमा कोरोना पोजिटिभ पुष्टि भएको छ। नरैनापुर–३ बाँकेको राष्ट्रिय प्रावि गोगलीका  १५ जनाको रिपाेर्ट पोजिटिभ देखिएको छ।

उनीहरु १६ देखि ३२ वर्षका पुरुष हुन्। नरैनापुर बाँकेकै ६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। उनीहरु २२ देखि ५० वर्षका पुरुष छन्।  बर्दियाका  एकजना १९ वर्षीय पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। त्यसैगरी सुर्खेतमा दुई पुरुष र एक महिलाको पीसीआर रिपोर्टसमेत पोजिटिभ आएको छ।

संक्रमित हुनेहरुमा  पुरुषहरु ५०३ र महिलाहरु ७८ जना भएका छन् ।सबैकाे कन्ट्रयाक ट्रेसिङकाे काम भइरहेकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: