कोरोना विशेष अस्पताल बुटवलबाट एकैसाथ १० जना संक्रमित निको भएर घर फर्किए

meropati

बुटबल, १० जेठ । प्रदेश ५ काे रुपन्देही बुटवल धागो कारखानामा रहेकाे कोरोना विशेष अस्पतालबाट एकैसाथ १० जना संक्रमित निको भएर घर फर्किएका छन् । निको भएर घर फर्कनेहरु सबै कपिलवस्तु जिल्लाका संक्रमितहरु हुन् ।

उनिहरुकाे लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले जानकारी दिएका हुन् ।



यस अगाडी १ जना विरामी निकाे भएर घर फर्केका थिए भने यो सहित यहाँबाट निकाे हुने ११ जना पुगेका छन् । यस अस्पतालमा अहिले ३४ जनाकाे उपचार भइरहेकाे छ भने । आज भर्खरै मात्र कपिलबस्तु र रुपन्देहीमा ६ जना कोरोना संक्रमण पुष्टी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: