अस्पतालको झ्याल फोडेर भागे कोरोना संक्रमित

meropati

जनकपुरधाम , ११ जेठ । जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनबाट एक कोरोना संक्रमित फरार भएका छन् ।

आइतबार बिहान आइसोलेसन कक्षमा रहेका सर्लाहीका ४० वर्षीय संक्रमित फरार भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।



उनी अस्पतालको झ्याल पोडेर फरार भएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

ती संक्रमित व्यक्तिको खोजी प्रहरीले गरिरहेको छ ।

अहिले विशेष कोभिड अस्पतालको आइसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: