रुपन्देहीमा सहित थपिए १९ जना कोरोना संक्रमितः संक्रमितकाे संख्या ६०३ पुग्यो

meropati

काठमाडौं, ११ जेठ । आइतवार दिउँसो थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार दिउँसो थप १९ जनामा कोरोना पुष्टि भएको हो ।

आज कोरोना देखिने जिल्लाहरुमा मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकाे हो ।



संक्रमित हुनेहरुमा मोरङ बारादशी-३ का ४५ वर्षीय पुरुषमा, बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२ वर्षीय पुरुष, सर्लाही हरिपुर ६ का ४८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीको समरिमाई-५ का ४० र ५० वर्षीय पुरुष, रुपन्देही १ का ३२ वर्षीय पुरुषको पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । यस्तै गैडाहवा गाउँपालिकाका २३, ३० र ४० वर्षीय पुरुष तथा कपिलवस्तुका का ३५, ३७ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ पुरुष र गुल्मी मदाने गाउँपालिकाका ३१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो संगैं नेपालमा ४२ जिल्लामा कोरोना देखिएकाे छ । प्रदेश २ का सबै जिल्लाहरु र प्रदेश ५ का ७ जिल्लामा कोरोना देखिएकाे छ ।

यो संगैं नेपालमा संक्रमित हुनेहरुकाे संख्या ६०३ पुगेकाे छ । साथै नेपालमा निकाे भएर घर फर्कनेहरु ८७ जना छन् भने कोरोनाकै कारण ३ जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: