सन्तानको मुख देख्ने कोषबहादुरको सपना कोरोनाले भारतमै खोस्यो

meropati

मिलन विश्वकर्मा
पाल्पा, ११ जेठ, ‘स्वर्गको बाटो अप्ठ्यारो होला कसरी जाउलानी, एक मुठी पानी खुवाउन नि पाइन् तीर्खा पो लाउलानी। सति जाम भनि यो निर्दोश सन्तान हुक्र्याछ पेटमा, पेट्कोलाई संसार देखाएर आउँछु पर्खे है गेटमा । बोल मायाँ, एक वचन बोल, तिम्रै बोली छ मलाई अनमोल ।’
गायीका शान्तिश्री परियारले गाएको यो गीतले स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ स्वामीबोटकी विष्णु विकको जीवनमा ठ्याक्कै मेल खाएको छ । विवाह भएको एक महिना श्रीमानसँग बस्नुभयो । तर वैवाहिक जीवनको सुखद आनन्द लिने उनको सपना भने धेरै महिना टिकेन् । करिब ६ महिनामा सपना टुटेर गयो। श्रीमान् गुमाउनु परेको छ ।

स्वामीबोट निवासी ५० वर्षीय कोषबहादुर विकले आजभन्दा २५ वर्ष पहिले विवाह गर्नुभएको थियो । २५ वर्षसम्म पनि सन्तानको जन्म नभएपछि आफुसँगै रहेकी श्रीमतिको सल्लाह अनुसार अर्को विवाह गर्ने निधो गर्नुभयो । गतसालको कात्तिकमा उहाँले कान्छी श्रीमतिको रुपमा विष्णुलाई विवाह गर्नुभयो । सामान्य तरिकाले विवाह गरेका कोषबहादुर दुवै श्रीमतिलाई साथमा लिएर सँगै आफुले खाइपाइ आएको जागीर गर्न भारतको मुम्वईतर्फ लाग्नुभयो । तीन परिवारको सल्लाहअनुरूप सँगै गएकी विष्णु एक महिनामा घरमा फर्किनुभयो । जागीर गर्दै आएका कोषबहादुर र उहाँकी जेठी श्रीमति भने उतै बस्ने निधो गर्नुभयो ।



घर फर्किएकी विष्णुको पेटमा सन्तान हुर्किरहेको छ । तर त्यहि सन्तान देख्ने कोषबहादुरको सपना भने मुम्बइमै ढलेको छ । विश्व महामारीको रूपमा फैलिएको कोरोनाले कोषबहादुरको निधन भयो । उहाँको सन्तान हेर्ने रहरको अध्याय यहिं अन्त्य भएको छ ।
परिवारमा सन्तानको खुशी श्रीमानलाई देखाउने विष्णुको सपनापनि अधुरै बनेको छ । घर फर्किएको ५ महिनामा श्रीमानको मृत्यु भएको खबर सुनेपछि अहिले गर्भवती अवस्थामा रहेकी विष्णु भावविह्वल बन्नुभएको छ । जुन सन्तान देख्ने रहरले विवाह गर्नुभयो, त्यो रहर पूरा नहुँदै श्रीमानको निधनले उहाँको जीवनमा उल्टै बज्रपात निम्तियो । उहाँको निधनसँगै विष्णुको जीवनसमेत अध्याँरो बनेको छ ।

कोषबहादुरको आजभन्दा चारदिन अघि भारतको मुम्बइस्थित परेलमा रहेको के एम अस्पतालमा उपचारकोक्रममा निधन भएको छ । उहाँको पार्थीव शरीरको (आज) आइतबार बिहान मात्र अन्तिम सँस्कार भएको सहोदर भाई कुलबहादुर विकले बताउनुभयो ।
विगत ३० वर्षदेखि मुम्बईको प्याडारोडस्थित विनामी मेटल कम्पनीमा काम गर्दै आएका कोषबहादुर २० दिन पहिले कोरोना भाइरस (कोभिड १९) ले संक्रमित हुनुभएको थियो । स्थानीय मेडिकलबाट सामान्य ज्वरोको औषधि सेवन गरेका उनलाई ज्वरोले च्याप्दै गएपछि थप परीक्षणकाक्रममा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । उपचारको लागि अस्पतालमा भर्ना गरिको थियो । भर्ना भएको १४ दिनमा कोषबहादुरको मृत्यु भएको भाइ कुलबहादुरले बताउनभयो । विदेशी भूमिमा मृत्यु भएकोले आफन्त समेत जान नसकेको उहाँले बताउनुभयो ।

जेठी श्रीमति अस्पतालको वेडमा छट्पटिदै

स्वर्गीय कोषबहादुर विकसँग सँगै मुम्बइमा रहेकी जेठी श्रीमतिलाई पनि कोरोनाले संक्रमित बनाएकोे छ । उहाँ उपचारको लागि अस्पतालमा भर्ना हुनुभएको छ । कोरोनाकोसंक्रमण देखिएपछि उहाँलाई पनि उनका श्रीमानसँगै अस्पताल भर्ना गरिएको थियो । उहाँको स्वास्थ्यमा भने सुधार आएको बुझिएको छ । आफ्नो स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको देवर कुलबहादुरले बताउनुभयो । सँगै भर्ना भएका श्रीमानको मृत्युको खबर पाएपछि भने उनी त्यहि अस्पतालको वेडमा अचेत अवस्थामा हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: