थपिए सातजना संक्रमितः संक्रमित हुनेहरु अर्घाखाँची, गुल्मी, कपिलवस्तु र रुपन्देहीका

meropati

बुटवल, १२ जेठ । प्रदेश ५मा संक्रमित हरु बढ्ने क्रम रोकिएको छैन । पहाडी जिल्ला अर्घाखाँचीमा पहिलोपटक दुई जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिकाकाे कमला मावि क्वारेन्टाइनमा रहेका २ जनामा काेराना पाेजिटिभ भएकाे बुझिएकाे छ। साथै उनिहरु दुवै जना  भारतबाट आएर क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु हुन् ।



यस्तै गुल्मीका दुईजनामा पनि कोरोना पोजेटिभ देखिएको छ । उनीहरु धुर्कोटको क्वारेन्टाइनमा रहेकाहरु भएको प्रयोगशालाले जनाएको छ । यस्तै कपिलवस्तुका दुईजना र रुपन्देहीका एकजनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

कपिलवस्तुका दुई जनामध्ये एकजना मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका र एकजना कपिलवस्तुकै अस्पतालका बिरामी हुन् । रुपन्देहीका एकजना कोरोना संक्रमित पनि लुम्बिनी प्रादेशिक अस्पतालका विरामी भएको प्रयोगशालाले जनाएको छ । सोमबार थपिएका यी सबै संक्रमित पुरुष हुन् ।

सोमबारको पछिल्लो नतिजासंगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ सय ९५ जना पुगेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मै देखिएका छन् ।

कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै बाँकेमा, त्यसपछि कपिलवस्तुमा र रुपन्देहीमा छ । संक्रमितमध्ये प्रदेश ५ का ३३ जना निको भएर घर फर्केका छन् ।

 

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: