अझै केही दिन गर्मी बढ्ने

meropati

काठमाडौं, १३ जेठ । केहीदिन देखि देशभरकाे तापक्रम बढ्दो क्रममा छ । आइतवार यो वर्षकै धेरै तापक्रम नाप भएकाेमा सोमबार अघिल्लो दिन भन्दा बढी तापक्रम देखिएकाे छ ।

मौसम महाशाखाले आइतबार यस वर्षकै उच्च तापक्रम देखिएको घोषणा गरेको थियो। जुन दिन धनगढीमा देशमै सबैभन्दा बढी ४०.१ डिग्री तापक्रम देखिएको थियो भने दिपायलमा ४० डिग्री तथा काठमाडौं उपत्यकामा समेत ३१.८ डिग्री अधिकतम तापक्रम पुगेको थियो।



तर सोमबार तापक्रम अझ बढेको छ। महाशाखाको रेकर्डअनुसार सोमबार देशभरिमा सबैभन्दा बढी भैरहवामा अधिकतम तापक्रम ४२.२ डिग्री पुगेको छ। यसपछि धनगढी र नेपालगन्जमा समान ४१.५ डिग्री सेल्सियस पुगेको छ भने काठमाडौं उपत्यकामा समेत सोमबार ३२.३ डिग्री पुगेको छ। महाशाखाले देशभर स्थापना गरेको २० स्टेसनमध्ये धेरैजसोको तापक्रम ३० भन्दा माथि देखिएको छ।

‘अझै दुई-तीन दिन तापक्रम बढ्ने देखिएको छ,’ मंगलबार बिहान मौसमविद् अर्यालले भने, ‘दिनभर घाम लाग्ने र बेलुकीपख सीमित स्थानमा हावाहुरी, चट्याङसहितको क्षणिक वर्षा हुने सम्भावना छ।’

आज पनि काठमाडौं उपत्यकासहित मध्य, पूर्वका भूभागमा तथा पश्चिम पहाडका एक-दुई स्थानमा अपराह्नपछि वा साँझपख हावाहुरी, चट्याङसहित वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: