कोरोना सङ्क्रमित गाउँपालिका अध्यक्षको आग्रहः म संग सम्पर्कमा आएका सबै क्वारेन्टाइनमा बस्नुस

meropati

गुल्मी, १३ जेठ । गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिकाको लेटर प्याडमा विज्ञप्ति निकालेर गरेका छन् ।

 आफू स्वाबको नमुना दिएपछि जिल्ला सदरमुकामभन्दा बाहिर नगएको तर आफ्नो सक्रियताका कारण गाउँपालिका नै कोरोनाको उच्च जोखिममा रहेको स्वीकार गर्दै उच्च सतर्कता अपनाउनुपर्ने आफु संग सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा बस्न समेत आग्रह गरेका छन् ।



आफ्नो अवस्था सामान्य रहेको र अब एकान्तवासमा बस्दा गाउँपालिकाको विकास र कोरोनाविरुद्ध लड्ने योजना बनाउने अध्यक्ष पोख्रेलको भनाइ छ ।

उनले सङ्क्रमणको जोखिमका कारण धुर्कोट गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पूर्णरुपमा बन्द हुने पनि जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: