नेपालमा कोरोना संक्रमण बढ्दैः संक्रमितको संख्या ९७७ पुग्यो

meropati

काठमाडौं, १५ जेठ । विहिवार विहान प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९ सय ७७ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४  र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएकाे हाे ।



धनुषाका २९, महोत्तरीका १७, सप्तरीमा १४, सर्लाहीका ७, सिरहामा ६ र रौतहटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ का प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए।

उनका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणबाट काेराेना संक्रमण पुष्टि भएकाे हाे। बुधवार मात्रै नेपालमा १२९ जना संक्रमण देखिएका थिए।

नेपालमा संक्रमित हुनेकाे संख्या बढ्दो क्रममा आजमात्रै प्रदेश न ४ मा समेत ४ जना संक्रमित फेला परेका छन् तर पुष्टी हुने क्रममा छ । आज दिउसो चार बजे गर्ने स्वास्थ्य मन्त्रालयकाे प्रेस बिफिङ्गमा थप संक्रमितकाे पुष्टि हुनेछ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ९ सय ७७ पुगेको छ । जसमा १ सय ८३ जना निको भएर घर फर्केका छन् भने ५ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: