एकैदिन थपिए १५६ जना नेपालमा संक्रमितकाे संख्या १ हजार ४२ पुग्यो

meropati

काठमाडौं, १५ जेठ । विहीबार  थप एक सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार यस सँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएको हो।   मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६० हजार ६ सय ९६  र आरडीटी विधिबाट एक लाख दुई हजार ३४ जनाको नमुना परीक्षण गरिएको छ।



पछिल्लो २४ घण्टामा  पीसीआर दुई हजार चजार सय १९ र आरडीटी विधिबाट एक हजार सात सय ४७ नमुना  परीक्षण गरिएको छ।

प्रवक्ता देवकोटाका अनुसार अहिले क्वरेन्टाइनमा ८६ हजार ५७ जना छन् भने आठ सय ५० जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: