अर्घाखाँचीका एक युवककाे कोरोनाका कारण मृत्यु भएकाे पुष्टि

meropati

अर्घाखाँची, १५ जेठ । भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । उनि भारतबाट कपिलबस्तु हुँदै अर्घाखाँची जाने क्रममा बाटोमानै निधन भएकाे थियो ।

गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका एक युवकको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी विजय पौडेलले पुष्टि गरे ।



प्रजिअ पौडेलका अनुसार उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँची अस्पतालका सूचना अधिकारी विजय विकले बताए ।

घर फर्कने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए ।उनीसँगै आएका मानिसहरुको तथ्याकं संकलन सुरु भइसकेको प्रजिअ पौडेलले बताए । उनकाे निधन सिमानामा भएपनि उनकाे कोरोनाका कारण निधन भएकाले नेपालमा निधन भएकाे पुष्टी हुने चिकित्सकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: