विश्वभर कोरोना कहरः ६१ लाख ५५ हजार बढी संक्रमित, यस्तो छ पछिल्लो अपडेट

meropati

एजेन्सी, १८ जेठ । कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । विश्वमै यस भाइरसले कारण हरेक क्षेत्रमा प्रभावित बनाएको छ । लाखौं मानिसले अकालमै ज्यान गुमाउनु परेको छ ।

चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिएको मानिने यो भाइरस विश्वका केही सिमित राष्ट्रहरुमा बाहेक हरेक राष्ट्रमा फैलिएको छ । यस भाइरसले गर्दा विश्वकै अर्थतन्त्रमा प्रतिकुल असर पुग्न गएको छ ।



कोरोनाविरुद्ध भ्याक्सिनको निर्माण तथा परीक्षण जारी छ । यो महामारीका कारण विश्वमा ३ लाख ७० हजार ५ सय ६ जनाको मृत्यु भएको छ । विश्वमा ६१ लाख ५० हजार ४ सय ८१ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्वका २७ लाख ३० हजार ८ सय ७ कोरोना संक्रमित निको भएका छन् । यस भाइरसको चपेटामा सबैभन्दा बढी अमेरिका परेको छ । अमेरिकामा १८ लाख १६ हजार ८ सय २० मा कोरोना देखिँदा १ लाख ५ हजार ५ सय ५५ ले ज्यान गुमाएका छन् ।

५ लाख ३१ हजार ४ सय ९९ ले कोरोनालाई पराजित गर्दै निको भएका छन् । अन्य सबैभन्दा बढी प्रभावित देशहरुको अवस्था तल तालिकामा हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: