स्वास्थ्य मन्‍त्रालयको कोरोना अपडेट बारे नियमित पत्रकार सम्मेलनः लाईभ हेर्नुहोस

meropati
काठमाडौं, १८ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को अपडेट दैनिक गराउँदै आएको छ ।

नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्।

नेपालमा अहिलेसम्म १४०१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये २१९ निको भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।



सरकारले ७७ जिल्लामा आरडीटी विधिबाट परीक्षण सुरु गरेको छ भने सबै प्रदेशका विभिन्न ठाउँमा गरेर २० भन्दा बढी अस्पतालबाट पीसीआर विधिबाट स्वाब परीक्षण भइरहेको छ। नेपालमा कोरोनाकै कारण ६ जनाकाे ज्यान गएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: