पाल्पामा पनि देखियो कोरोनाः ३ जनामा संक्रमण भएकाे पुष्टि

meropati

पाल्पा, १८ जेठ । पाल्पा जिल्लामा पनि कोरोना देखिएकाे छ  भारतबाट आएर क्वारेन्टाइनमा रहेका रैनादेवी छहराका २ जना र माथागढी गाउँपालिकाका १ जनामा काेराेना पाेजेटिभ देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेकाे छ ।

उनीहरुकाे पिसीआर परीक्षणका क्रममा पाेजेटिभ देखिएकाे हाे । उनीहरुलाइ तानसेनमा निर्माण गरिएकाे आइसाेलेशन सेन्टरमा राख्ने तयारी भइरहेकाे छ ।



पाल्पाको रैनादेवी छहराका दुई र माथागढी गाउँपालिकाका एक गरी तीन जनामा कोरोना संक्रमण पुष्टी भएकाे हो उनिहरु तिनै जना एक हप्ता अगाडी भारतबाट आएका ब्यक्तिहरु हुन् ।

रैनादेवी छहराका ३८ र ४० वर्षका पुरुष र माथागढी गाउँपालिका स्थायी घर भएका  १८ वर्षका पुरुषहरुमा संक्रमण देखिएकाे हो ।

संक्रमित तिनै जना स्थानिय तहका क्वारेन्टाइनमा बसेका ब्यक्तिहरु हुन् ।  उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मिको निगरानीमा रहेका छन् ।

यस्तै आइतवार एकै दिन १६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। १६२ जना पुरुष र ४ जना महिलाहरु छन् ।

यसरी हाल सम्मका संक्रमितहरुकाे संख्या १५ सय ६७ पुगेकाे छ । संक्रमित हुनेहरु १४५० जना पुरुष हुन भने ११७ जना महिलाहरु छन् ।कोरोनालाई जितेर २२० जना निकाे भएर घर फर्किसकेका छन् । निको हुनेहरुमा १७२ जना पुरुष र ४७ जना महिलाहरु छन् । नेपालमा कोरोनाकै कारण मृत्यु हुनेकाे संख्या समेत ८ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: