कृष्णनगरले बनायो वाइफाइ सहितको ३४ बेडको आइसोलेशन

meropati

अजय मिश्र

कृष्णनगर , १९ जेठ । कृष्णनगर नगरपालिकाले आयसा गर्ल्स कलेजलाई काेराेना आइसाेलेसन सेन्टर बनाएकाे छ।



नगरपालिका भित्र काेराेना संक्रमित बढ्न थालेपछि स्थानिय मुस्लिम अगुवासंग काे समन्वयमा छात्राहरुले पढ्ने आयसा गर्ल्स कलेजलाई ३४ बेडकाे आइसाेलेसन सेन्टर बनाइएकाे र आवस्यकता अनुसार अझै बेडको संख्या बढाउने कुरा नगरप्रमुख रजत प्रताप शाहले बताएका छन ।

काेराेना संक्रमितलाई छुट्टाछुट्टै आवश्यक दैनिक उपभाेग्य समान तथा प्रतिरक्षा प्रणाली मजबुत बनाउने औषधिका साथ वाइफाइ युक्त आइसाेलेसन वार्ड व्यवस्थापन गरिएकाे स्वास्थ्य संयाेजक अनिल विश्वकर्माले जानकारी दिए ।

अहिलेसम्म अधिकांश भारतका बिभिन्न सहरबाट आएका नेपालीहरुमा बढी संक्रमण देखिएकाे र उक्त आइसोलेशनमा अहिलेसम्म २५ जना कोरोना भाइरस संक्रमित लाई राखिएको संयाेजक विश्वकर्माले बताएका छन ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: