बाग्लुङका १० सहित गण्डकी प्रदेशमा थपिए १६ जना संक्रमितः गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुग्यो

meropati

काठमाडौं, २२ जेठ ।गण्डकी प्रदेशका चार जिल्लामा गरी थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान प्रेस विज्ञप्ति जारी गरी बाग्लुङ, स्याङ्जा, म्याग्दी र पर्वत जिल्लामा थप संक्रमित देखिएको जानकारी दिएको हो।



 गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना पुष्टि भएको छ। बिहीबार बिहान बागलुङमा १० जना, पर्वतमा ४, म्याग्दीमा १ जना र स्याङ्जामा १ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए।

संक्रमित १६ देखि ३३ वर्ष उमेर समूहका छन्। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ। जसमध्ये तीन संक्रमित निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: