पाल्पामा मृत्यु भएका ब्यक्तिमा कोरोना पुष्टिः कोरोनाकै कारण मृत्यु हुनेकाे संख्या १० पुग्यो

meropati

काठमाडाैं, २२ जेठ  । नेपालमा कोरोनाकै कारण निधन हुनेकाे संख्या १० पुगेकाे छ  । देशभरमा संक्रमित संगैं मृत्यु हुनेकाे संख्या समेत बढ्दै गइरहेकाे छ ।

पूर्वखोला गाउँपालिका १ सिलुवाका ४५ वर्षीय रामबहादुर दिशुवाको कोरोनाकै कारण मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या १० पुगेकाे हो ।



उानी भारतबाट पाँच दिन अघि आएर स्थानीय क्वारेन्टिनमा बसेका  थिए। उनलाई सास फेर्न गाह्रो हुने, पेट फुलिने, सुक्खा खोकी लाग्ने र खकारमा रगतसमेत देखिएपछि उपचारका लागि भर्ना गरिएको थियो।

उनमा  कोरोनाका केही लक्षण देखिएकाले संका गरेर आइसोलेसनमा उपचारमा राखिएकाे थियो । उनकाे उपचारको क्रममा ३ दिन अगाडि निधन भएकाे थियो । उनकाे मृत्यु भएकाे तिन दिन पछि रिपोर्ट पोजेटिभ आएका्े छ ।

मृत्युपछि उनको स्वाब संकलन गरिएको र कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ भने हाल सम्म उनको शब अस्पतालमै राखिएकाे थियो ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: