कोरोनाका कारण मृ्त्यु हुने बढ्दैः नेपालमा मृत्यु हुनेको संख्या ११ पुग्यो

meropati

काठमाडाैं, २३ जेठ  ।पश्चिम सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु कोरोना संक्रमणकै कारण भएको पुष्टि भएको छ।

बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेगाउँका २० वर्षीय युवकको स्वाब पीसीआर परीक्षण गर्दा कोरोना भाइरस रहेकाे पुष्टि भएकाे हाे।



शुक्रबार बिहानै विज्ञप्ति जारी गरेर कर्णाली प्रदेश, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले उनकाे मृत्यु काेराेनाकै कारण भएकाे पुष्टि गरेका हुन्।

यही जेठ ७ गते भारतबाट स्वदेश आएका उनी स्थानीय विद्यापुरस्थित जनता माविकाे क्वारेन्टिनमा बसेका थिए। आरडीटी परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि उनलाई २१ गते राति घर पठाइएकाे थियाे। तर भाेलिपल्ट बिहीबार बिहानै सवा २ बजे उनकाे मृत्यु भएकाे थियाे।

त्यसपछि उनकाे स्वाब सदरमुकाम वीरेन्द्रनगरस्थित प्रयाेगशालामा पठाइएको थियाे। जसकाे रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश सरकार, स्वास्थ्य महाशाखाले जानकारी दिएकाे हाे।

याेसँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे सख्या ११ पुगेकाे छ। यसअघि कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिइसकेको छ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: