थप २७८ जनामा कोरोना पुष्टीः नेपालमा कुल संक्रमितको संख्या २९१२ पुग्यो

meropati

काठमाडाैं, २३ जेठ  । नेपालमा शुक्रबार एकै दिनमा २७८ जनामा  कोभिड– १९ देखिएकाे छ । आज एकै दिन कोभिड- १९ पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराएकाे छ।

बिहीबार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको  संख्या बढ्दै गएको छ।



शुक्रबार पीसीआर विधिबाट ८८ हजार तीन सय ६६ र आरडीटी विधिबाट एक लाख ३२ हजार ९ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार दुई सय ३२ र आरडीटी विधिबाट सात हजार चार सय २  जनाको नमुना परीक्षण गरिएको छ।

अहिले आइसोलेसन दुई हजार पाँच सय ६८ जनाको उपचार भइराखेको छ। नेपालमा अहिलेसम्म कोरोना जित्नेको संख्या  तीन सय ३३ पुगेको छ। शुक्रबार मात्र ४३ जना डिस्चार्ज भएका हुन्।  नेपालमा कोरोनाका कारण ११ जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: