कपिलवस्तुमा मात्रै संक्रमितको संख्या ४७५

meropati

काठमाडौं, २३ जेठ । कपिलवस्तुमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संगैं कपिलबस्तुमा मात्रै संक्रमितको संख्या ४७५ पुगेकाे हो ।

प्रदेश न ५ अन्तर्गतको जिल्ला कपिलबस्तु पछिल्लो समय कोरोनाको हव बन्दै गएकाे छ ।



आज मात्रै जिल्लामा ४४ जना संक्रमित भेटिएका हुन् । संक्रमितमध्ये यशोधरा गाउँपालिका–७ का २९ जना र महाराजगञ्ज नगरपालिकाका १५ जनामा रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड–१९ फोकल पर्सन कुमार थापाले जानकारी दिए।

उनका अनुसार संक्रमितमध्ये यशोधरा–७ का ८ महिने बालक पनि रहेका छन्। कपिलबस्तु नेपालभरीमै सबैभन्दा बढी संक्रमण भएकाे जिल्ला हो ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: