कोरोनाका कारण अर्का एक व्यक्तिको मृत्यु, मृतकको संख्या १२ पुग्यो

meropati

काठमान्डौं, २४ जेठ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। डोल्पामा २ दिनअघि मृत्यु भएका व्यक्तिकाे स्वाब परीक्षणको रिपोर्ट कोरोना पोजिटिभ आएपछि मृतकको संख्या १२ पुगेको हो।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज शनिबार सार्वजनिक गरेको रिपोर्टले उनमा कोरोना भएको पुष्टि गरेको जानकारी दिएको बताइएकाे छ ।



उनका अनुसार यही जेठ २१ गते डाेेल्पाकाे जगदुल्ला गाँउपालिका-३ थापागाउँका ५८ वर्षीय पुरुषको मृत्यु भएको थियाे। त्यसपछि उनीसहित उनका पत्नी र भाइकाे समेत स्वाब परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकाे थियाे।

त्यसकाे रिपाेर्ट आज आएकाे र तीमध्ये मृतकमा काेराेना पाेजिटिभ देखिएकाे भनेर प्रतिष्ठानले जानकारी गराएकाे डीएसपी रञ्जितकारले बताए ।

यसअघि काेराेनाबाट नेपालमा ११ जनाकाे मृत्यु भइसकेकाे स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेकाे छ।  यो रिपोर्टको बारेमा मन्त्रालयले पुष्टि गरिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: