पाल्पामा कोरोना संक्रमितको संख्या २१ पुग्यो, आज थपिएका १२ जना सबै माथागढीका

meropati

पाल्पा, २८ जेठ । आज पाल्पामा भेट्टिएका १२ जना संक्रमितहरु सबै एकै गाँउपालिकाका रहेका छन् । उनिहरु सबै जिल्लाको माथागढी गाउँपालिका रहेकाे खुलेकाे छ । आज भेट्टिएकामा ११ जना पुरुषहरु हुन् भने १ जना महिला छन् ।

उनिहरु सबै यस अगाडी संक्रमण पुष्टी भएका संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरु हुन् । केहि दिन अगाडी त्यहाँ एक जनामा कोरोना संक्रमण देखिएकाे थियो उनको सम्पर्कमा आएकाको परिक्षण गर्ने क्रममा थप १२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ।



आज भेटिएका संक्रमितहरु सबै जना क्वारेन्टाइनमै बसेका व्यक्तिहरु हुन् । आज थपिएका संक्रमित संगैं यहि गाँउपालिकामा मात्रै संक्रमितहरुको संख्या १३ पुगेको हो ।

कोरोना भाईरस संक्रमितहरुलाई तानसेनको आईसोलेसनमा लैजाने तयारी रहेको गाउँपालिकाले जनाएको छ । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

जिल्लामा संक्रमितको संख्या २१ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: