स्याङ्जामा २२, पर्वतका १३ सहित थप ३७ जनामा कोरोनाः गण्डकीमा संक्रमितकाे संख्या १८८ पुग्यो

meropati

काठमाडौं, ३० जेठ ।गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार बिहान प्रदेशको स्वास्थ्य निर्देशनालयले विभिन्न ४ जिल्लाका ३७ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।

निर्देशनालयका अनुसार शुक्रवार बिहान सबैभन्दा धेरै स्याङ्जामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



यस्तै पर्वतका १३ जना, तनहुँको १ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कूल कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: